देशभर थप १२ सय ४६ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौं, २५ भदौ । नेपालमा बितेको २४ घण्टामा थप १२ सय ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले देशभरका प्रयोगशालामा ११ हजार १४४ नमुना परीक्षण गर्दा १२ सय ४६ संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । सरकारी तथ्यांकमा ७१ प्रतिशत संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

थप ५ जनाको मृत्यु ?

कोरोना भाईरस संक्रमणका कारण नेपालमा थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म ३१७ जनाको (कोभिड१९) का कारण मृत्य भएको छ । अहिले नेपालमा १४ हजार ४४८ जना सक्रिय सङ्क्रमित छन् जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् । यो अवधिमा ११ हजार १४४ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board