कोरोनाबारे अफवाह फैलाएको आरोपमा दुई जना पक्राउ

काठमाडौं, २६ भदौ । कोरोना भाईरसबारे अफवाह फैलाएको आरोपमा कास्कीमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोरोनाको पीसीआर रिपोर्टसम्बन्धी अफवाह सामाजिक सञ्जालमा फैलाएको अभियोगमा कास्कीमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

पर्वतको मोदी गाउँपालिका-७ घर भई पोखरा महानगरपालिका-५ बस्ने २९ वर्षीय ईश्वर रिमाललाई बुधबार र चितवन भरतपुर महानगरपालिका-४ घर भई पोखरा नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरुले नेगेटिभ रिपोर्टलाई पोजेटिभ भनी सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनीहरु विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट कोभिड-१९ पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दबैजनाले उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी अफवाह फैलाएको प्रहरीको भनाई छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board