सरकारले दियो चारसय खानी उत्खनन तथा खोजतलास गर्न अनुमति

काठमाडौँ, २६ भदौ । सरकारले आर्थिक वर्ष २०७६/७७ मा देशभरका ४०७ खानीलाई उत्खनन तथा खोजतलासका लागि अनुमति दिएको छ । खानी तथा भूगर्भ विभागले आव २०७६/७७ मा देशभरका विभिन्न स्थानका ४०७ खानी उत्खनन तथा खोजतलास गर्न स्वदेशी तथा विदेशी कम्पनीलाई अनुमति दिएको हो । त्यसमध्ये १४९ लाई उत्खनन र २५८ खानीलाई खोजतलासका लागि अनुमति दिइएको हो ।

उत्खननतर्फ कोइला १०, आइरन दुई, काइनाइट आठ, लिड तीन, चुनढुङ्गा ७२, क्वार्जजाइट १६, म्याग्नेसाइट एक, मार्बल दुई, क्वार्ज चार, रातोमाटो पाँच, टल्क धातु १२, टुर्मालिन आठ, जिङ्क एक र डोलोमाइट दुईलगायत छन् ।

यस्तै, खोजतलासका लागि चुनढुङ्गा १६२, फलाम दुई, तामा तीन, डोलोमाइट नौ, सुन दुई, ग्रेनाइट दुई, क्वार्जजाईट २७, काँच २७, टुर्मालिन चार, क्वार्ज दुई, टल्क पाँच कम्पनीलाई अनुमति दिइएको छ । विभागका महानिर्देशक रामप्रसाद घिमिरे पछिल्लो समय नेपाली खानीप्रति स्वदेशी तथा विदेशी कम्पनीको उत्खनन तथा खोजतलासका लागि चासो बढ्दै गएको बताउँछन् ।

“आव २०७४/७५ र आव २०७५÷७६ को तुलनामा आव ०७६/७७ मा नेपाली खानी उत्खनन तथा खोजतलासका लागि आउने कम्पनीको सङ्ख्या बढेको छ”, उनी भन्छन् । आव २०७४÷७५ मा १२६ र आव २०७५/७६ मा १२३ खानीलाई उत्खननलाई अनुमति दिइएको थियो । विभागले आव २०७६/७७ मा रु ८४ करोड ७३ लाख ४८ हजार र अघिल्लो आवमा रु ७७ करोड तीन लाख राजश्व आम्दानी गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board