नेकपा बैठकको निर्णयः एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गर्ने

काठमाडौं, २६ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको आज भएको बैठक विभिन्न बिषयमा निर्णय गर्दै सकिएको छ । अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्णय गरेको छ ।

पार्टीले सरकारको काम कारबाहीमा हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय भएको एक नेताले बताए । त्यस्तै आजको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय रहेको छ ।

यस बिषयमा के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board