महामारीका कारण एप्पलको विशेष भर्चुअल इभेन्ट, यस्तो छ तयारी

काठमाडौं, २८ भदौ । हरेक वर्ष सेप्टेम्बर महिनामा विशेष कार्यक्रमको आयोजना गरी आइफोन लगायतका आफ्ना नयाँ नयाँ प्रडक्ट सार्वजनिक गर्ने गरेको एप्पलले यो पटक पनि त्यसलाई निरन्तरता दिने भएको छ ।

तथापि कोरोना भाइरस महामारीका कारण यो पटक एप्पलको उक्त समारोह भर्चुअल विधिबाट हुनेछ । सेप्टेम्बर १५ तारेखमा आयोजना हुने एप्पलको सो भर्चुअल इभेन्टमा नयाँ संस्करणका आइफोनसँगै अन्य प्रडक्टहरु सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

यद्यपि नयाँ आइफोन लगायतका प्रडक्ट सार्वज्निक गर्ने विषयमा एप्पलले कुनै आधिकारिक जानकारी दिएको छैन, तथापि हरेक वर्ष सेप्टेम्बरको पहिलो वा दोश्रो हप्ता हुने गरेको कार्यक्रमलाई यो वर्षपनि निरन्तरता दिइने उसले घोषणा गरेको छ ।

महामारीका कारण एप्पलले यो वर्ष आफ्नो वार्षिक इभेन्ट गर्ने/नगर्ने अन्योल थियो । उक्त अन्योललाई चिर्दै एप्पलको आगामी इभेन्ट आयोजना हुने भएको छ । कम्पनीले यो ईभेन्टमा के के सार्वजनिक गर्छ भनेर आधिकारिक जानकारी नदिएपनि फाइभ जी आइफोन, नयाँ एप्पल वाचको मोडेल, म्याक, आईप्याड एयर, नयाँ अडियो प्रोडक्ट जस्ता उत्पादन सार्वजनिक गर्ने अनुमान लगाइएको छ ।कम्पनीले प्रेसलाई ईमेल मार्फत निमन्त्रणा पठाएको छ । एप्पलको यो ईभेन्ट सप्टेम्बर १५ का दिन नेपाली समय अनुसार राती १० बजेबाट एप्पल डटकममा सुरु हुनेछ ।

यस ईभेन्टमा नयाँ आईफोन घोषणा गरेर बजारमा पछि उपलब्ध गराउने एप्पलको योजना हुन सक्ने बताइएको छ । कतिपयले यो पटकको कार्यक्रममा एप्पलले नयाँ आइफोन नल्याई आइप्याड तथा एप्पल वाचका नयाँ संस्करण ल्याउन सक्ने समेत अनुमान गरेका छन् । जसमा एप्पल वाचका दुईवटा मोडेल रहने समेत दाबी ग्रिएको छ । त्यसमध्ये एउटा मोडेल एप्पलको सुरुवाती स्मार्ट घडी अर्थात् इन्ट्री लेभलको हुनेछ जुन एप्पल वाचका नयाँ प्रयोगकर्तालाई लक्षित गरिनेछ । अर्को एप्पल वाच चाहीँ नयाँ फिचरसहितको सिक्स सिरिजको स्मार्ट वाच हुनेछ । त्यस्तै सन् २०२० मा चारवटा नयाँ आइफोन सार्वजनिक गर्ने भनिएको एप्पलले सेप्टेम्बर १५ को उक्त कार्यक्रममै ती आइफोन लञ्च गर्ने समेत कतिपयको अपेक्षा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board