काठमाडौं, २८ भदौ । अमेरिकाका विभिन्न तीन राज्यमा लागेको डढेलोले कम्तीमा २५ जनाको मृत्यु भएको छ । क्यार्लिफोनिया, वासिङ्टन र ओरेगनमा ३ हप्तादेखि लागेको डढेलोमा कम्तिमा २५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
डढेलोपछि दर्जनौं मानिस सम्पर्कविहीन भएका छन् भने सयौँ घर जलेर नष्ट भएका छन् । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिएको छ । ४० हजार स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ भने करिब ५ लाखलाई सानुपर्ने देखिएको ओरेगनका गभर्नर केट ब्राउनले बताएका छन् ।
COMMENTS