अक्सफर्ड यूनिभर्सिटीको कोरोना खोपको अन्तिम परीक्षण फेरि हुने

काठमाडौं – एस्ट्राजेनेका र अक्सफर्ड यूनिभर्सिटीले कोभिड-१९ विरुद्ध बनाएको एउटा खोपको अन्तिम चरणको परीक्षण फेरि सुरु हुने भएको छ। यूकेमा एक स्वयंसेवी बिरामी परेपछि खोपका कारण प्रतिकूल प्रभाव परेको आशङ्कामा केही समय परीक्षणको प्रक्रिया रोकिएको थियो ।

मंगलबार एस्ट्राजेनेकाले ती व्यक्तिको अस्वस्थता र खोपको सम्बन्धबारे अध्ययन गर्न परीक्षण रोकिएको बताएको थियो । तर, शनिवार अक्सफर्ड यूनिभर्सिटीले खोप सुरक्षित भएको निष्कर्ष निकाल्दै परीक्षणलाई निरन्तरता दिइने घोषणा गरेको छ।

यूकेका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले फेरि खोप परीक्षण हुने समाचारको स्वागत गरेको बीबीसीले उल्लेख गरेको छ । “यो विरामले हामी सुरक्षालाई पहिलो स्थानमा राख्छौँ भन्ने देखाएको छ। हामी आफ्ना वैज्ञानिकहरूलाई यथाशीघ्र सुरक्षित रूपमा एउटा प्रभावकारी खोप तयार पार्न सघाउँछौँ,” उनले भने।

उसका अनुसार एउटा स्वतन्त्र समिति र यूकेको नियामक निकायले उक्त खोपको सुरक्षाबारे समीक्षा गरेपछि परीक्षण फेरि सञ्चालन हुने भएको छ। गोपनीयता कायम राख्नुपर्ने भएकाले अक्सफर्ड यूनिभर्सिटीले बिरामी परेका व्यक्तिबारे केही बताएको छैन। तर न्यूयोर्क टाइम्सले ती व्यक्तिमा ‘ट्रान्स्भर्स माईलाईटस’ नामक मेरुदण्डको जलन हुने समस्या देखिएको थियो। भाइरल सङ्क्रमण हुँदा उक्त समस्या उत्पन्न हुन्छ।

अक्सफर्डको संलग्नता भएको यो खोप दुई चरणका परीक्षणहरूमा सफल देखिएको थियो। यो चाँडै बजारमा आउन सक्ने धेरैले ठूलो आशा गरेका छन्। यसको तेस्रो चरणको परीक्षणमा यूके, अमेरिका, ब्रजिल र दक्षिण अफ्रिकामा ३०,००० स्वयंसेवीहरू सहभागी छन्। खोपको तेस्रो चरणको परीक्षणमा विश्वभरि हजारौँ मानिसहरू सहभागी हुन्छन् र त्यस्ता परीक्षणहरू वर्षौँसम्म चलिरहन्छन्। बीबीसी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board