२४ घण्टामा काठमाडौंका ६ जनाको मृत्यु

काठमाडौं, २८ भदौ । कोरोना भाईरस संक्रमणका काराण काठमाडौंका मात्रै आज ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५९७ जना संक्रमित थपिएका छन् ।

सरकारी तथ्यांक अनुसार काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना संक्रमित भएका हुन् । यससँगै ललितपुर र भक्तपुरमा पनि संक्रिय संक्रमितको संख्या ५०० नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो अवधिमा काठमाडौंमा मात्रै ६ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौंका ६५ वर्षकी दुई महिला, ५९ वर्षका दुई, ६४ र ७९ वर्षका एकएक जनाको मृत्यु भएको हो ।

बितेको २४ भण्टामा नेपालमा कोरोना संक्रमणका कारण थप ९ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३४५ पुगेको छ । त्यस्तै, बितेको २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा ११७३ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

सरकारी तथ्यांक अनुसार यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको प्रवक्ता गौतमले बताए । आइसोलेशनमा ७ हजार ७३० र होम आइसोलेशनमा ७ हजार ३८७ जना रहेका छन् । यो अवधिमा पीसीआर ९ हजार १८५ जनाको भएको छ । हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ३८ हजार ६९७ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board