मन्त्रिपरिषद् बैठक बेलुका ५ बजे, आज महत्त्वपूर्ण नियुक्ति गर्ने तयारी

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको छ । प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंले आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक रहेको बताए ।

स्रोतका अनुसार आज बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्नेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख तथा सदस्य र सरकारको प्रवक्ता समेत तोक्ने तयारी भएको बुझिएको छ । त्यस्तै, आजको मन्त्रिपरिषदको बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी पनि तोक्ने बुझिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल र अख्तियार प्रमुख नवीन घिमिरेको कार्यकाल आइतबार सकिएको छ । त्यस्तै सरकारको प्रवक्ताको जिम्मेवारी समेत पाएका अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले भदौ २० गते राजीनामा दिएसँगै सो पद पनि खाली रहेको छ । प्रत्येक साताको आइतबार वा सोमबार आकस्मिक बाहेक मन्त्रिपरिषद्को बैठक बस्दै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board