डोमिनिक थाइमले जिते अमेरिकी ओपनको उपाधि

न्यूयोर्क, २९ भदौ । अमेरिकी ओपनको यस वर्षको उपाधि अस्ट्रियाका डोमिनिक थाइमले जितेका छन् । पहिलो दुई सेट लगातार हारेर निराश भइसकेका थाइमले अन्तिम सेटमा टाइब्रेकमा जर्मनीका अलेक्जेन्डर जेरेफलाई पराजित गरेका थिए ।

कोरोनाभाइरस महामारीका कारण विनादर्शक आर्थर एश रंगशालामा भएको यस प्रतिस्पर्धामा थाइमले जेरेफलाई २–६, ४–६, ६–४, ६–३, ७–६ (६) ले पराजित गरे । यो उनको पहिलो ग्रान्डस्लाम उपाधि हो । झण्डै चार घण्टा २ मिनेट चलेको यस प्रतियोगिताको अन्त्यतिर दुबै खेलाडी खुट्टा बाउँडिने र शिथिल देखिएका थिए ।

अस्ट्रियाका २७ वर्षीय थाइमले प्रतियोगिता सकिएपछि प्रतिक्रिया दिँदै आफूमा शरीरभन्दा पनि प्रतियोगिता जित्छु भन्ने आत्मविश्वास बढेको बताए ।

सन् १९९० को दशकमा पुरुष एकलतर्फ बोरिस बेकरपछि अमेरिकी ग्रान्डस्लामको खोजीमा रहेको जर्मनीलाई पहिलो ग्रान्डस्लाम उपाधि दिलाउने धोको पूरा गर्न नपाएको जेरेभले बताए । म अहिले भर्खर २३ वर्षको भएँ, सायद यो उपाधि म अवश्य जित्नेछु, जेरेभले भने ।

प्रतियोगिता हेर्न आफ्ना बाबुआमा कोरोना संक्रमित भएकाले न्यूयोर्क आउन नपाएकामा दुःखी हुँदै जेरेभले उहाँहरु चाँडै निको हुने विश्वास व्यक्त गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board