काठमाडौं, २९ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकअनुसार काठमाडौंमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ गरी जम्मा ५११ संक्रमित थपिएका हुन् ।
२४ घण्टामा उपत्यकासहित देशभर भने ११ सय ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ८८९ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ ।
यसैबीच आज थप १५ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३६० पुगेको छ । आज देशभर सक्रिय सक्रमितको संख्या १५ हजार ३९३ रहेको छ । जसमा बितेको २४ घण्टामा १०,८७८ जनाको पीसीआर भएको छ भने हालसम्म कुल ८ लाख ५१ हजार ४०५ जनाको पीसीआर भएको छ ।
COMMENTS