सरकारको प्रवक्तामा प्रदीप ज्ञवाली नियुक्त

काठमाडौं, ३० भदौ । सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई सरकारको प्रवक्ता तोकेको हो ।

प्रिन्टिङ प्रेस खरिद प्रकरणमा अडियो टेप सार्वजनिक भएपछि तत्कालीन सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले पदबाट राजीनामा दिएपछि रिक्त सरकारको प्रवक्ताको जिम्मेवारी तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्दै आएका थिए ।

खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएसँगै उनले गत १९ भदौमा पदबाट राजीनामा दिएको हो। सरकारका नयाँ प्रवक्ता मन्त्री ज्ञवालीलाई तोकिएको हो । सरकारका नयाँ प्रवक्ता मन्त्री ज्ञवाली शालीन र भद्र मानिन्छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board