मेसी बने सर्वाधिक कमाउने फुटबलर, कुन खेलाडीको सम्पत्ति कति ?

काठमाडौं । अर्जेन्टाइन फरवार्ड लिओनल मेसी २०२० मा सर्वाधिक कमाउने फुटबलरको शीर्ष स्थानमा रहन सफल भएका छन् । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड मेसी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलर बनेको फोर्ब्सले उल्लेख गरेको छ ।

मेसीको वार्षीक आम्दानी १२६ मिलियन अमेरिकी डलर भएको फोर्ब्सले जनाएको छ । ९२ मिलियन अमेरिकी डलर मेसीले आम्दानी गरेको जनाईएको छ । फोर्ब्सका अनुसार मेसीले प्रायोजनमार्फत ३४ मिलियन अमेरिकी डलर प्राप्त गरेको हो । मेसीको करिअरको कमाइ १ बिलियन अमेरिकी डलर पुगिसकेको छ ।

मेसीले १६ वर्षको करिअरमा दर्जनौ रेकर्ड बनाइसकेका विश्वकै चर्चा रहने खेलाडी हुन् । बार्सिलोनाबाट खेल्नुअघि क्लबले १०५ वर्षमा ६४ उपाधि मेसिले नै हात परेका थिए । मेसीले बार्सिलोनाबाट खेल्न थालेको १६ वर्षमा क्लबले ३४ उपाधि जित्न सफल भएको हो ।

इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलरको दोस्रो स्थानमा छन् । रोनाल्डोको कमाइ ११७ मिलियन अमेरिकी डलर रहेको छ। जसमा रोनाल्डोले तलबबाट ७० मिलियन अमेरिकी डलर कमाएका छन्। उनले बाँकी ४७ मिलियन अमेरिकी डलर प्रायोजनमार्फत प्राप्त गरेका छन्।

रोनाल्डोको आफ्नै ब्रान्ड सिआर-७ मार्फत आम्दानी बढेको फोर्ब्सको भनाइ छ। पोर्चुगललाई युरो कप र नेशन्स लिग जिताउन नेतृत्वदायी भूमीका निर्वाह गरेका रोनाल्डोले गत साता सय अन्तर्राष्ट्रिय गोलको कोशेढुंगा पार गरेका थिए। फुटबलरमा सर्वाधिक कमाइ गर्ने तेस्रो स्थानमा भने फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेइमार छन्। नेइमारको कमाइ ९६ मिलियन अमेरिकी डलर रहेको छ। जसमा ७८ मिलियन तलब र १८ मिलियन प्रायोजनमार्फत प्राप्त भएको छ।

चौथो स्थानमा पिएसजीकै फ्रेञ्च फरवार्ड केलियन एमबाप्पे छन्। एमबाप्पेको कमाइ ४२ मिलियन अमेरिकी डलर रहेको छ। उनले २८ मिलियन तलब र १४ मिलियन प्रायोजनबाट प्राप्त गरेका छन्।पाँचौ स्थानमा इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहमद सलाह छन्। इजिप्टका सलाहको कमाइ ३७ मिलियन अमेरिकी डलर छ। उनले २४ मिलियन डलर तलब र १३ मिलियन डलर प्रायोजनमार्फत प्राप्त गरेका छन् ।

म्यानचेस्टर युनाइटेडका पाउल पोब्बा छैटौं स्थानमा रहेका छन् । उनले (९३४ मिलियन), सातौं स्थानमा बार्सिलोनाका फ्रेञ्च फरवार्ड एन्टोनी ग्रिजम्यान (९३३ मिलियन), आठौं स्थानमा रियल म्याड्रिडका गारेथ बेल (९२९ मिलियन), नवौ स्थानमा जर्मन क्लब वायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की (९२८ मिलियन) र दशौं स्थानमा म्यानचेस्टर युनाइटेडका स्पेनिस गोलकिपर डेभिड डे गिआ (९२७ मिलियन) रहेको फोर्ब्सले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board