ईरानलाई ट्रम्पको धम्कीः ‘हजार गुणा म्याग्नेच्युडको आक्रमण हुनेछ’

एजेन्सी । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत ईरानलाई धम्की दिएका छन् । ट्रम्पले ट्वीटरमार्फत भनेका छन्, ‘ईरानले कुनै पनि ढंगले अमेरिकाविरुद्ध कुनै आक्रमण गर्यो भने ईरानविरुद्ध १ हजार गुणा बढी म्याग्नेच्युडको आक्रमण हुनेछ ।’

उनले लेखेका छन्– ‘मिडिया रिपोर्टस्काअनुसार ईरानले आतंकवादी नेता सुलेमानीको हत्याको बदला लिन अमेरिकाविरुद्ध हत्या वा अन्य आक्रमणको योजना बनाइरहेको छ । यो योजना भविष्यको आक्रमण, अमेरिकी सेनाको हत्या र यातनासँग सम्बन्धित छ ।’ आइतबार पोलिटिको डटकले सुलेमानीको हत्याको बदला लिन ईरानले दक्षिण अफ्रिकाका लागि अमेरिकी राजदूतको हत्या गर्ने योजना बनाइरहेको समाचार लेखेको थियो ।

सोमबार ईरानी विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले यस्तो आरोपको खण्डन गरेका थिए । उनले अमेरिकाले अन्तर्राष्ट्रिय समुदायमा ईरानविरोधी प्रोपोगान्डा फैलाउन बन्द गर्नुपर्ने बताएका थिए ।

सुलेमानी जनवरी ४ मा बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको ड्रोन आक्रमणमा ईरानी क्वाद सेनाका जनरल मारिएका थिए । अमेरिकी सेनामाथि ठूलो आक्रमण गर्ने योजना सुलेमानीले बनाइरहेका कारण धेरैभन्दा धेरै मानिसको ज्यान जोगाउन उनको हत्या गर्नुपरेको वासिङ्गटनले दावी गर्दै आईरहेको छ । तर सुलेमानीले बनाएको भनिएको हत्या योजनाबारे प्रमाण उपलब्ध गराउन वासिङ्गटन असफल हुँदै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board