भूकम्पले क्षति गरेको खबर छैन, तर जोखिम बढायो – प्रमुख जिल्ला अधिकारी

सिन्धुपाल्चोक, ३१ भदौ ।  सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर ६ रिक्टर स्केलको परकम्प गएको छ । आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभई गोरखा भूकम्प ६ रिक्टर स्केल को परकम्प भएको केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

बिहान सबेरै गएको परकम्पले राजधानी काठमाडौँ आसपासको भेगमा ठूलो धक्का दिएको छ । उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । भक्तपुरको लोकन्थली, बाल्कोट, ठिमीलगायत क्षेत्रमामा ठूलो सङ्ख्यामा मानिस आत्तिएर कराउँदै घर बाहिर निस्किएका थिए । विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएको स्थानमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू भएर गएको ६ रेक्टर स्केलको भूकम्पले त्यस क्षेत्रमा जोडसँग हल्लाए पनि विहान साढे ६ बजेसम्म कुनै क्षतिको विवरण नआएको बताइएको छ ।
केन्द्रविन्दु राम्चे नजिकै बाह्रबीसेमा केही दिन पहिलाको पहिरोमा परेकाहरुको उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकास सापकोटाले आफू केन्द्रविन्दू भनिएको राम्चे क्षेत्र नजिकै रहेको र त्यहाँको प्रहरी र स्थानीय जनप्रतिनिधिसँग बुझ्दा कुने क्षतिको विवरण नआएको बताए ।

जोखिम थप बढ्यो – प्रमुख जिल्ला अधिकारी
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भूकम्पपछि पहिरोको जोखिम थप बढेको बताए । उनले सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा निकायहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी दिए । भूकम्प गएको ठाउँको अवस्थाबारे थप जानकारी लिइरहेको पनि उनले बताए ।

झ्यालबाट हामफाल्दा एक घाइते

भूकम्पले हल्लाउन थालेपछि झ्यालबाट हाम फाल्दा जलविरेमा एक जना घाइते भएको प्रहरीले जनाएको छ । उनी राष्ट्रिय बाणिज्य बैंक जलबिरे शाखाका कर्मचारी रहेको जनाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board