सञ्चारकर्मी र प्रहरीसहित थप पाँच जनामा कोरोना पुष्टि

काठमाडौं, ३१ भदौ । गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । थपिनेमा एक पत्रकार र दुई पर्यटक प्रहरी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका– १३ घर भई हाल पोखरा महानगरपालिका–४ गैह्रापाटन बस्ने ३८ वर्षीय पुरुष सञ्चारकर्मीलाई सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी पोखरा–६ मा दुई पर्यटक प्रहरीसमेत सङ्क्रमित भएका छन् भने तनहुँ र नवलपरासीमा एक/एक जना थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार १७१ पुगेको निर्देशनालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board