उपत्यकामा थपिए, ७३७ कोरोना संक्रमित, दुई जनाको मृत्यु

काठमाडौं, ३१ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांक अनुसार काठमाडौंमा ६५२ ललितपुरमा ६० र भक्तपुरमा २५ गरी जम्मा ६७६ संक्रमित थपिएका हुन् । यस्तै काठमाडौंकी ७१ र ७४ वर्षीया महिलाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा उपत्यकासहित देशभर भने १ हजार ५३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५८,३२७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ६८ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ४१,७०६ पुगेको छ । यसैबीच आज थप ८ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३७९ पुगेको छ । आज देशभर सक्रिय सक्रमितको संख्या १६ हजार २४२ रहेको छ । जसमा बितेको २४ घण्टामा १० हजार ४९४ जनाको पीसीआर भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board