विश्व बिरामी सुरक्षा दिवस :‘स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनका लागि सरकार प्रतिबद्ध’

आज विश्व बिरामी सुरक्षा दिवस मनाइदैछ । सुरक्षित स्वास्थ्यकर्मी, सुरक्षित बिरामी भन्ने नाराका साथ नेपालमा पनि यो दिवस सप्ताहव्यापी रुपमा मनाइदैछ ।

यसपाली विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेकाले दिवसलाई महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउने र बिरामीको उपचारमा जोड दिइएको छ । सरकारले बिरामी र स्वास्थ्यकर्मीको मनोबल बढाउन दीपावली गरी दिवस मनाउन आग्रह गरेको छ ।

आज बेलुका ७ बजे माइतीघर मण्डलामा दीप प्रज्वलन गरिने भएको छ । दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल लगाएतले शुभकामना दिंदै महामारीबाट बच्न अनुशासन र सजगताको पालना गर्न आग्रह गरेका छन् । महामारीबाट नागरिकलाई जोगाउन र आफ्नो ज्यानको पर्वाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताउदै प्रधानमन्त्री ओलीले दोस्रो विश्व विरामी सुरक्षा दिवसका अवसरमा आज शुभकामना दिँदै स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानको लागि आवाज उठाउँदै आएका व्यक्ति तथा नागरिक समाजलाई धन्यवाद तथा थप सुरक्षित र सम्मानपूर्ण वातावरण बनाउन सबैमा आग्रह पनि गरेका छन् । साथै कोरोनाको प्रभावकारी उपचार, महामारी रोकथाम र नागरिकको जीवन रक्षामा खटिएका स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board