बजारमा प्याजको चरम कालोबजारी, ४२ बोरा प्याज जफत

काठमाडौं, १ असोज । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले काठमाडौंको तिनकुनेस्थित एक तरकारी बजारबाट ४२ बोरा प्याज जफत गरेर प्रहरीको जिम्मा लगाएको छ । तिनकुनेको हरितगृह तरकारी बजारमा आज बिहान छड्के अनुगमन गर्दा व्यापारीले लुकाएर राखेको प्याज बरामद भएको हो ।

विशेष गौतमको पसलबाट २९ र उन्नत सब्जी भण्डारबाट १३ बोरा प्याज जफत गरेको अनुगमन समितिले जनाएको छ । यस्तै सोही तरकारी बजारबाट महँगोमा प्याज बिक्री गरेको आरोपमा दुलाल आलु प्याजका सञ्चालकलाई पनि समितिले कारबाही सिफारिस गरेको छ ।

अनुगमनमा परेका सबैलाई वाणिज्य विभागमा हाजिर हुन निर्देशन दिइएको छ । उनीहरुलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही हुने बताइएको छ । भारतले प्याज निर्यात बन्द गरेलगत्तै नेपाली बजारमा व्यापारीहरुले प्याजको कृत्रिम अभाव सिर्जना गरेका छन् । प्याजमा कालोबजारी बढेपछि अस्वाभाविक रुपमा मूल्य बढेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board