आज साँझ ८ विश्वको अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा

काठमाडौं, ३ असोज । संविधान दिवसको अवसर पारेर असोज ३ गते शनिवार युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा फहरिने भएको छ । संविधान दिवसको अवसर पारेर विगतको बर्ष झै नेपालको राष्ट्रिय झण्डा फैहराउन लागिएको हो ।

“संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को सुखद अवसरमा आज साँझ ८ बजे दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा र अबुधाबीस्थित एडीएनओसी भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउँदै छ,” युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले आफ्नो फेसबुक पेजमा पोष्ट गरेका छन् ।

बुर्ज खलिफाको उचाई ८२९. ८ मिटर रहेको छ । बुर्ज खलिफामा गत वर्ष संविधान दिवसको दिनमा पनि नेपालको राष्ट्रिय झण्डा राखिएको थियो । युएईस्थित नेपाली दूतावासको अनुरोधमा गत वर्षझैं यस वर्ष पनि बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा राखिने भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board