संविधान दिवसमा मिडिया सोसाइटीका अध्यक्ष कँडेलसहित १६ पत्रकार बिभुषित

काठमाडौं, ३ असोज । नेपाल सरकारले संविधान दिवसको अवसरमा १६ जना पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको छ । सरकारले नेपाल मिडिया सोसाइटीका अध्यक्ष एवं एबीसी टेलिभिजनका प्रधान सम्पादक तथा अध्यक्ष शुभशंकरकँडेलसहित १६ जना पत्रकारलाई मानपदवी, अलकार र पदकद्वारा बिभुषित गर्ने निर्णय गरेको हो ।

बिभुषित हुनेमा कँडेलसहित डा. राजेशराज अहिराज, सागर पण्डित, राजेशकुमार अर्याल, गोबिन्दप्रसाद भण्डारी, धर्मेन्द्र कर्ण, सुभेच्छाबिन्दु तुलाधर, चिरञ्जिीवि मास्के (प्रवल जनसेववा श्री चतुर्थ) रहनुभएको छ ।

कंडेलले मिडिया र राजनीति ससम्वन्धी १८ वटा पुस्तक लेखेका छन् भने छिटै दुई वटा पुस्तक बजारमा आउने तयारीमा रहेका छन् । २०४८ सालबाट पृष्ठभूमि साप्ताहिक बाट पत्रकारिता शुरु गरेका कंडेलले आफ्नै प्रकाशन तथा ससम्पादनमा धौलागिरि अंचलकै पहिलो दैनिक पत्रिका न्यू धौलागिरि प्रकाशन गरेर एक मानक बनाएका थिए ।

काठमाडौं आएपछि कान्तिपुर दैनिक र नेपाल समाचारपत्रमा स्तम्भ लेखन देखि सगरमाथा दैनिकको स्थापना पनि कंडेलेनै गरेका थिए । पछिल्ल्लो समय गत १२ वर्षदेखि उनी एबीसी न्यूज टेलिभिजनको अध्यक्ष तथा प्रधान सम्पादक रहेका छन् । यसै महिना देखिन कंडेलको सम्पादनमा नेपालपेज (नेपाल) र दि नेपाल पेज (अंग्रेजी) म्यागजिन प्रकाशनको तयारीमा रहेको छ ।

यसैगरी टीका बिष्ट, लिलाराज भट्टराई, सूर्यमणि गौतम, सविन प्रियाशन चौधरी, हरिनारायण गौतम, मोहन बस्नेत, कृष्णचन्द्र लामिछाने र तेजदत्त खकुराललाई जनसेवा श्री पञ्चमबाट बिभुषित गर्ने निर्णय सरकारले गरको हो । सरकारले विभिन्न क्षेत्रबाट राष्टलाई योगदान गरेबापत उक्त मानपदवीले बिभुषित गर्ने गर्दछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board