२४ घण्टामा थपिए १ हजार २०४ कोरोना संक्रमित, थप ११ जनाको मृत्यु

काठमाडौं, ३ असोज । नेपालमा बितेको २४ घण्टामा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पहिलो पटक आज नेपालमा एकै दिनमा एक हजार कोरोना संक्रमितको संख्या नाघेको हो । पछिल्लो २४ घण्टामा १० हजार ३३३ पीसीआर परीक्षणमा १ हजार २०४ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सरकारी तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना रहेका छन् र होम आइसोलेसनमा ९ हजार ९७६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १ हजार ४४७ जना डिस्चार्ज भएका छन् । शनिबारसम्म डिस्चार्ज हुनेको संख्या ४५ हजार २६७ जना पुगेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

थप ११ जनाको मृत्यु

नेपालमा बितेको २४ घण्टामा थप ११जनाले ज्यान गुमाएका छन् । सो अवधिमा सात जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । सरकारका अनुसार अहिलेसम्म ४०१ जनाको कोभिड—१९ सँग सम्बन्धित कारणले मृत्यु भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board