आईपीएलमा टस जितेर पहिले बलिङ गर्दै चेन्नई


एजेन्सी । १३औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेट पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्स प्रतिस्पर्धा गर्दैछन् । यूएईको अबुधाबीको शेख जायद स्टेडियममा केही बेरमा हुने सिजनको पहिलो खेलमा चेन्नइले टस जितेर पहिलो बलिङ गर्ने भएको छ । चेन्नईविरुद्ध मुम्बईले पहिले ब्याटिङ गर्ने भएको छ । आजको खेलमा दुबै टोली जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा हुनेछ । प्रतियोगिताको पहिलो खेल खेल्दा मुम्बई सिजनको सुखद सुरुआत गर्ने योजनामा छ । रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बईले यो सिजन पनि लिगको उपाधि जित्ने योजना बनाएको छ । यता महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई आजको खेलमा जित निकाल्दै गत सिजन फाइलनमा हार व्यहोर्यको बदला लिने योजनामा छ । मुम्बई र चेन्नइबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा मुम्बई अपराजित रहेको छ । गत सिजनको फाइनल खेलमा पनि मुम्बईले चेनईविरुद्ध १ रनको रोमाञ्चक जित दर्ता गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board