भारतमा एकैदिन ९२ हजारमा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ लाख नजिक

काठमाडौं, ४ असोज ।  भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख नजिक पुगेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । आइतबार भारतमा ९२ हजार ७५५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५३ लाख ९८ हजार २३० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म ४२ लाख ९९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् भने १० लाख ११ हजार ७३२ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १४९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८६ हजार ७७४ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board