कोरोना संक्रमणबाट एक सैनिक जवानको मृत्यु

काठमाडौं ४ असोज । कोरोना भाईरस संक्रमणका कारण पहिलो पटक कोरोना संक्रमणबाट एक सैनिक जवानको मृत्यु भएको छ । कोभिड–१९ बाट नेपालमा पहिलो पटक सैनिक जवानको मृत्यु भएको हो । सेनामा कार्यरत जवानमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

ब्लड क्यान्सरको उपचार गराइरहेका उनको गत भदौ २९ गते मृत्यु भएको थियो । मृत्युपछि गरिएको परीक्षणमा असोज २ गते उनमा कोरोना संक्रमण पुष्टि भएको हो । रामेछाप घर भएका उनी काठमाडौंमा कार्यरत थिए ।

नेपाली सेनामा कोरोना संक्रमितको संख्या अहिले २ हजार ५६ जना पुगेको छ । सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार उनको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट गत शुक्रबार आएको थियो । नेपाली सेनामा पहिलो पटक कोरोना संक्रमित ३४ वर्षीय जवनाको मृत्यु भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board