नेकपा सचिवालय बैठक स्थगित, मंगलबार बालुवाटारमा बस्ने

काठमाडौं, ५ असोज । आज सोमबार दिउँसो १ बजेका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । बैठक भोलि मंगलबार दिउँसो १२ः३० बजे बालुवाटारमा बस्ने बालुवाटार स्रोतले जनाएको छ । नेताहरुको व्यस्तताका कारण आजको बैठक भोलि मंगलबारका लागि सारिएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी गराएको छ ।

आइतबार तत्कालीन माओवादी मुख्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले मुख्य चारवटा बैठकको कार्यसूची तय गरेको थियो । पहिलो नम्बरमा रहेको मन्त्रि परिषदको पुनर्गठनको कार्यसूचीमाथि आइतबार छलफल भएको थियो ।

मन्त्रि परिषद पुनर्गठनमा सचिवालय सदस्यहरुको एकमत देखिए पनि त्यसको खाका बन्न बाँकी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारलाई जानकारी दिएका थिए । बाँकी कार्यसूचीमा पार्टी एकताका बाँकी काम टुङ्ग्याउने, संवैधानिक निकायमा बाँकी नियुक्तीका विषयमा छलफल गर्ने, एकता महाधिवेशन तयारीको काम गर्ने लगायत छन् । आज बस्ने भनिएको बैठकमा पार्टीको आन्तरिक बाँकी एकता प्रक्रियाबारे छलफल हुने भनिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board