उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ५ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांक अनुसार काठमाडौंमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ गरी जम्मा संक्रमित थपिएका हुन् । २४ घण्टामा उपत्यकासहित देशभर भने १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको छ ।

सैबीच आज थप १६ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४२७ पुगेको छ । आज देशभर सक्रिय सक्रमितको संख्या १७ हजार ६११ रहेको छ । जसमा बितेको २४ घण्टामा ९ हजार ५३३ जनाको पीसीआर भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board