काठमाडौं, ६ असोज । सुनको मुल्यामा तोलाको १७ सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा १७ सय रुपैयाँले घटेर सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो । मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १७ सय कम भएको छ ।
मंगलबार लागि तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार महासंघले तोकेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको व्यासायीहरुको भनाई छ ।
COMMENTS