यातायात विभागले भन्यो : अत्यावश्यक परेमात्र लामो दूरीको यात्रा गरौं, खाना/खाजा घरबाटै बोकौं

काठमाडौं ७ असोज । यातायात व्यवस्था विभागले लामो दूरीको यात्रामा खाजा, नास्ता आफ्नै घरबाटै प्याकिङ्ग गरेर हिँड्न समेत विभागले सर्वसाधारणलाई आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै विभागले सार्वजनिक होटल तथा खाजा घरहरुमा भिडभाड हुने र संक्रमणको जोखिम उच्च रहने भन्दै यस्तो निर्देशन गरेको हो । खाजा, नास्ता खुवाउने होटल तथा रेष्टुरेन्टहरुलाई सुरक्षित रहि स्वस्थ खाना नास्ताको प्याकिङ्गको व्यवस्था गरिदिन समेत विभागले आग्रह गरेको छ ।

विभागले गत असोज १ गतेदेखि सबै खाले लामा तथा छोटा दुरीका सार्वजनिक यातायात सञ्चालनमा आएपनि अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो । सार्वजनिक यातायातमा कोभिड–१९ को संक्रमणको जोखिम उच्च रहेको भन्दै विभागले सकेसम्म सार्वजनिक यातायात प्रयोग नै नगर्न र गर्नै पर्ने भएपनि सुरक्षित रहेर मास्क, सेनिटाइजर प्रयोग गरेर मात्र यात्र गर्न भनेको छ । साथै, लामो दूरीको यात्रामा खाजा, नास्ता आफ्नै घरबाटै प्याकिङ्ग गरेर हिँड्न समेत विभागले सर्वसाधारणलाई आग्रह गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board