प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षमा बुढाथोकी

काठमाडौँ, ९ असोज । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकी नियुक्त भएका छन् । आजै बसेको काउन्सिल सञ्चालक समितिको बोर्ड बैठकले काउन्सिल ऐन २०४८, अनुसार बुढाथोकीलाई कार्यवाहक अध्यक्षमा चयन गरेको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र भुसालले जानकारी दिए । उनका अनुसार निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट दिएको राजीनामा स्वीकृत भएपछि बुढाथोकीलाई कार्यवाहक अध्यक्ष तोकिएको हो ।

साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा काउन्सिल सदस्यमा नियुक्त गरेको थियो । कार्यवाहक अध्यक्ष बुढाथोकीले आजै पदभार ग्रहण गरेको प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिए । निवर्तमान कार्यवाहक अध्यक्ष श्रेष्ठले आजै बोर्डसमक्ष दिएको राजीनामा स्वीकृत गरिएको हो ।

तीन वर्षअघि तत्कालीन अध्यक्ष भवानीप्रसाद बरालको नियुक्तिलाई सर्वोच्च अदालतले रोक लगाएपछि रिक्त अध्यक्षमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो । कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिए पनि श्रेष्ठ काउन्सिल सदस्यमा भने असोज १२ गतेसम्म रहनेछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board