मन्त्रिपरिषदको बैठकमा आज भएका निर्णयहरु यस्ता छन्

काठमाडौं, ११ असोज । बालुवाटारमा आकस्मिक बसिएको मन्त्रिपरिषदको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपराह्न १२ बजे बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

साथ एक मन्त्रीका अनुसार आनका आज बसिएको मन्त्रिपरिषदको बैठकले नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा. अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको छ ।

नेकपा दुई अध्यक्षबीच मन्त्रीमण्डल हेरफेर तथा थप गर्नेबारे पछिल्लो समय छलफल भईरहेको छ । बालुवाटार स्रोतका अनुसार नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल भएपनि त्यसबारे मन्त्रिपरिषदमा कुनै प्रसंग भएन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board