अझै खुलेन पहिरोले तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग

काठमाडौं, ११ असोज । अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग तीन दिनदेखि अवरूद्ध भएको छ । शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटोमा रोकिएका छन् । राजमार्ग अवरुद्ध भएपछि टाढाटाढा हिँडेका यात्रुहरु अलपत्र परेका छन् ।

राजमार्गमा पर्ने कालिमाटी, कदमबास, सिद्धबाबा, नागमन्दिर, पैठेडाँडा, भूतखोला, सिसुवा, झुम्सा, पानीमिल लगायतका स्थानमा ढुंगासहितको पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । पाल्पाको डुम्रेदेखि सिद्धबाबा सडकखण्डअन्तर्गत आधा दर्जनभन्दा बढी ठाउ“मा पहिरो खसेको छ ।

स्काभेटर र डोजर प्रयोग गरी पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि सम्भव नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक डिभिजन कार्यालय पाल्पाको सहयोगमा पहिरो पन्छाउने कार्य भएपनि पहिरो धेरै स्थानमा गएको र ठूला–ठूला पहिरो खसेको हुँदा सडक खुलाउन आज पनि दिनभर लाग्नसक्ने प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board