पाँच दिनदेखि बेपत्ता व्यापारीको पत्ता अझै लागेन

जलेश्वर, १२ असोज । विगत पाँच दिनदेखि बेपत्ता रहेका महोत्तरीका एक कपरड व्यापारीको आजसम्म कुनै पत्ता लागेको छैन् । जलेश्वर नगरपालिका– ५ बस्ने ब्रम्हदेव साहका छोरा २४ वर्षीय राजु साह गत बुधबार रातिदेखि नै बेपत्ता रहेकामा उनको आजसम्म कुनै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

जिल्लाकै मटिहानी नगरपालिका–८ स्थित बजारमा रेडिमेड कपडा पसल सञ्चालन गर्दै आएका राजु गत बुधबार राति पसल बन्द गरेर मोटरसाइकलमा घर फर्किने क्रममा मटिहानी नगरपालिका–६ र जलेश्वर नगरपालिका–५ को बीचमा पर्ने वनको बाटोबाट बेपत्ता हुनुभएको थियो । बेपत्ता राजुको मोटरसाइकल साँचोसहित बाटोमै रहेको, दुवै खुट्टाका चप्पल टुटेको अवस्थामा त्यही सडकमा रहेको र उहााले लगाएको टिसर्ट पनि आधा च्यातिएको अवस्थामा त्यही सडकमा प्रहरीले फेला पारेको थियो ।

बिहीबार बिहानै प्रहरी घटनास्थल पुगेपछि फेला परेका ती सरसामानको आधारमा लछारपछार भएको र त्यसपछि उहाँलाई कसैले अपरहण गरी लगेको प्रहरीले अनुमान लगाएको थियो । सोही दिन घटनास्थल नजिकै रहेको सडकको दुवै छेउको झाडीमा, सीमा नजिकैको खेतबारी, नदी, पोखरी सबैतिर खोजी गरिए पनि कहीँकतै कुनै पत्तो लागेको थिएन् र आजसम्म पनि प्रहरीले उहाँको खोजतलास गरिरहँदा पनि कुनै पत्ता नलागेको जनाइएको छ ।

नेपाल भारत सीमा नजिकै घटना घटेकाले उनलाई कसैले भारततिर अपहरण गरेर लगेको हुनसक्ने परिवारजनले आशङ्का गरेका छन् । प्रहरीले उनको खोज तलासका लागि भारतीय पक्षसँग पनि सहयोग मागेर सबैतिर खोजतलास जारी रहेको र चाँडै पत्ता लाग्ने जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board