नेपाली कांग्रेसका पूर्वसांसद् रायको निधन

सप्तरी, १२ असोज । पूर्वसांसद एवं नेपाली काँग्रेस सप्तरीका पूर्व सभापति हरिप्रसाद राय अमातको ८५ वर्षको उमेरमा निधन भएको छ । मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित अमातको धरानमा उपचारका क्रममा गएराति मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको तरहीमा जन्मिएका उनी २०४८ सालमा नेपाली काँग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । पछि उनी तमलोपामा केन्द्रीय सदस्य बन्नुभएको थियो भने तमलोपालगायत मधेसमा राजनीति गरिरहेको पाँच दल एकीकरण भएर बनेको राजपामा उहाँ सक्रिय रहेका थिए । उनका एक श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board