काठमाडौं, १५ असोज । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार उनमा संक्रमण पुष्टि भएको प्रदेश प्रमुखका स्वकीय सचिव चुडामणि कलौनीले बताए ।
कर्णाली प्रदेश अस्पताल-पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो । प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा कोभिड–१९ को संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा प्रदेश प्रमुखलाई पनि कोरोना संक्रमण पुष्टि भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
प्रेदश प्रमुखको सचिवालयका अनुसार एक साता पहिले कार्यालयका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती कर्मचारीको सम्पर्कमा आएका पाँचजना कर्मचारीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा थप तीनजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो ।
COMMENTS