धान ‘थ्रेसिङ’ गर्दा महिलाको मृत्यु

महेन्द्रनगर, १६ असोज । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा आज धान झार्ने गर्ने क्रममा बेरिएको एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउँदको घटनास्थलमै मृत्यु भएको हो ।

“खेतमा धान थ्रेसर गर्ने क्रममा परेर साउँदको मृत्यु भएको हो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “ट्र्याक्टर चालक गणेश रानालाई नियन्त्रणमा लिइएको छ ।” उनले इलाका प्रहरी कार्यालय गुलरियाको टोलीले घटनास्थल मुचुल्का गरिरहेको र त्यसपछि शव परीक्षणका लागि अस्पताल लगिने जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board