मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, दुईको मृत्यु

मकवानपुर, १८ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

मृतकको हाल सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उनका अनुसार उक्त दुर्घटनामा परी सुमो चालकसहित तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उक्त सुमोमा चालकसहित आठ जना सवार थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board