अन्तरिक्षमा पनि बाँच्न सक्ने अमर जीव ‘पानी भालु’कुन–कुन जिल्लामा ?

काठमाडौं, १९ असोज । अमरको अर्थ हुन्छ– कहिल्यै नमर्ने । दन्त्यकथा वा धर्मग्रन्थहरुमा हामीले पढेका छौं– अमृत खाएपछि जो कोही पनि अमर हुन्छन् । तर हामीलाई थाहा छ– वास्तविक जीवनमा त्यो सम्भव छैन ।

तर यस पृथ्वीमा यस्ता अनौठा जीव पनि पाइन्छ, जसलाई अमर भनिँदा कुनै फरक पर्दैन । त्यस्तो अमर जीवको नाम हो पानी भालु यसलाई मोस पिगलेट वा टरडिग्रेड पनि भनिन्छ । यो जीव हाम्रो नांगो आँखाले भने देख्न सकिँदैन । माइक्रोस्कोपको सहायताले मात्र देख्न सकिने यो सूक्ष्म जीव आठ खुट्टे हुन्छ । यो पृथ्वीको जहाँ कहीँ पनि पाइन सकिन्छ । सामान्यतः जीव बाँच्न सक्छ भन्ने कल्पना नै नगरिएका स्थानहरुमा समेत यो जीव पाइन सकिन्छ । यो हिमालयको चुचरोदेखि समुद्रको अथाहा गहिराईसम्म पनि पाइन्छ । यो जीव विशेषत, लेउ र झ्याउमा पाइने गर्छ ।

आकारमा अति सानो भए पनि यो जीवले नष्ट गर्नै नसकिने, अजर–अमर जीवको रुपमा ख्याति कमाएको छ । यो अति सुख्खा, अति तातो वा चिसो, अति उच्च तथा न्यून चाप भएका स्थानहरु पनि बाच्न सक्छ । कतिसम्म भने यो अन्तरिक्षमा समेत बाँच्न सक्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board