काठमाडौं, २० असोज । कलाकार हरिवंश आचार्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आचार्य र उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरूको स्वास्थ्य सामान्य छ।
सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूहरूसँग सम्पर्कमा रहेका सबैले होम आइसोलेसन बसेर परीक्षण गराउनसमेत आग्रह गरेका छन्।
COMMENTS