सरकारको आग्रहः जहाँ छौं, त्यहीँ दशैं मनाऔं, गाउँ नजाऔँ

काठमाडौं, २१ असोज । सरकारले दशैंमा काठमाडौं छाडेर गाउँ नजान आग्रह गरेको छ । कोरोना संक्रमण नियन्त्रणमा आइरहेको भए पनि काठमाडौं उपत्यका अझै उच्च जोखिममा रहेकोले यस्तो बेलामा दैनिक गतिविधि गर्दा विशेष सावधानी अपनाउन सरकारको आग्रह छ ।

असोज १७ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै सरकारले गाउँ जान र गाउँबाट फेरि काठमाडौं आउने काम नगर्न आग्रह सरकारले आग्रह गरेको हो । गाउँ जाँदा र फर्किँदा संक्रमण पनि सँगै जाने भएकाले यसपालि काठमाडौंबाट गाउँ नजान आग्रह परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले आग्रह गरेका छन् ।

मन्त्री ज्ञवालीले भने, ‘सिसिएमसीले ‘आशिर्वाद जोगा‌औं’ भन्ने नारा नै बनाएको छ। हामीले यसपालि अभिभावक जोगायौं भने फेरि—फेरि उहाँहरूबाट आशिर्वाद लिन पाउँछौं,’ ।

प्रवक्ता ज्ञवालीले ६० वर्ष बढी उमेरका मानिसहरूलाई कोरोनाको संक्रमण दर र संक्रमणपछि मृत्युदर तुलनात्मक रूपमा बढी भएकाले आफ्ना अभिभावकलाई जोखिममा पार्न नहुने बताएका छन् । उनले यसपालिको दशैंमा अभिभावकसँग टाढैबाट आशिर्वाद लिन पनि अनुरोध गरे।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board