प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु

काठमाडौं, २१ असोज । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । संसदीय समितिले प्रक्रिया सुरु गर्दै प्रस्तावित राजदूतहरु विरुद्ध १० दिने उजुरी आह्वान गरेको छ ।

आज बसेको समिति बैठकले भोलिबाट लागु हुनेगरी अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत डा. निर्मल कुमार विश्वकर्मा विरुद्ध उजुरी आह्वान गरेको हो । संसदीय समिति कार्यविधि २०७५ को दफा १२ बमोजिम उजुरी आह्वान गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए ।

खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाको अलावा पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालाका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ । यस्तै पूर्व मुख्यसचिव रेग्मीलाई बेलायतका लागि आवासीय तथा गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो । त्यस्तै डा. निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सवाना, केन्थ्या, कंगो, तान्जानिया, जाम्बिया, जिम्बावे, ज्ञावेन लगायतका देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board