अनसनरत डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता सुरु

काठमाडौं, २२ असोज । सरकारी वार्ता टोली र अनसनरत डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु भएको छ । डा. केसीका तर्फबाट वार्ता टोलीका सदस्य डा. लोचन कार्कीका अनुसार शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो ।

डा केसी विगत २५ दिनयता ६ बुँदे माग राख्दै आमरण अनशनमा छन्। अनसनको २४ दिनमा सरकारले बुधबार दिनमा तीन सदस्यीय वार्ता समिति बनाएलगत्तै केसीका तर्फबाट पनि चार सदस्यीय वार्ता टोली सार्वजनिक गरिएको थियो ।

सरकारले शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको अध्यक्षतामा गगन गरेको तीन सदस्यीय वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दीलिप शर्मा छन् । त्यस्तै डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board