काठमाडौं, २३ असोज । परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेल भएका छन् । मन्त्रालयका बरिष्ठ सहसचिव रहेका पौडेललाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिव बनाउने निर्णय गरेको हो ।
वनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार सम्हालेका छन्। पाकिस्तानका लागि पूर्वराजदूतसमेत रहेका पौडेल निमित्त सचिव हुनुअघि सम्म परराष्ट्र प्रवक्ता थिए।
यसअघि सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो। बैरागी मुख्यसचिव बनेपछि पौडेलले परराष्ट्रका निमित्त सचिवको भूमिका निभाएका थिए।
COMMENTS