डा. केसी पक्ष र सरकारी टोलीबीच आज पुनः वार्ता हुँदै

काठमाडौं, २३ असोज । डा गोविन्द केसी पक्ष र सरकारी टोलीबीच आज पुन वार्ता हुने भएको छ । सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा डा केसीले उठाउनुभएको मागका विषयमा हिजो छलफल भएको थियो । छलफलले डा केसीका ६ बुँदे मागलाई बु“दागत रुपमा सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारेको बताइएको छ ।

तर अन्तिम निष्कर्षमा भने पुग्न सकेको छैन । वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा र डा केसीको पक्षबाट डा जीवन क्षेत्रीको नेतृत्वको टोलीले वार्ता गरेको हो ।

हिजै सहमतिमा पुग्ने प्रयास गरिएपनि दुवै पक्षले थप छलफल आवश्यक परेको भन्दै आज पुन बस्ने गरी वार्ता सकिएको बताइएको छ । डा केसी अनसन बसेको २५ औं दिनमा सरकारले वार्ता सुरु गरेको हो । बुधबार दुवै पक्षले वार्ता टोली गठन गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board