२० राजनीतिक संगठनले सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौं, २५ असोज । २० राजनीतिक संगठनहरुले सरकारविरुद्ध संयुक्त आन्दोलन घोषणा गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट मोर्चासमेतको संलग्नतामा उनीहरुले सरकार विरुद्ध आन्दोलन गने्र्र घोषणा गरेका हुन् ।

२० राजनीतिक संगठनहरुको कार्यगत एकताको शनिबार बसेको बैठकले केपी ओली नेतृत्वको वर्तमान सरकारले राष्ट्रघात र जनघात गरेको निष्कर्ष निकाल्दै विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । ती संगठनहरुले यही असोज २९ गते दिउँसो १ बजे माइतीघर मण्डलामा सरकारविरुद्ध ‘सशक्त’ विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् ।

२० राजनीतिक संगठनहरुले स्थानीयस्तरमा पनि सरकारविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् । स्थानीयस्तरमा अनुकूल समयमा विरोध प्रदर्शन हुने उनीहरुले बताएका छन् । सरकारविरुद्धको संयुक्त आन्दोलनमा नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्चलगायत छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board