अफगानिस्तामा बम विस्फोट हुँदा दश सैनिक र तीन सर्वसाधारणको मृत्यु

काबुल, २५ असोज । अफगानिस्तानमा तालिबानी लडाकूहरुले अफगान सेनालाई लक्ष्य गरेर राखेको बम विस्फोट हुदा कम्तीमा पनि १० जना अफगान सेना मारिएका छन् । सो आक्रमणमा परी अरु केही सेना घाइते भएका छन् । त्यस्तै त्यसमा परेर तीन जना सर्वसाधारण नागरिक पनि मारिएका छन् ।

अफगानिस्तानको सार इ पुल प्रान्तमा सो आक्रमण भएको थियो । उक्त आक्रमणबाट गस्तीमा जाँदै गरेको अफगानिस्तानको राष्ट्रिय सेनाको समूहलाई लक्ष्य गरेर गरिएको थियो । सडक छेउमा ती सेनालाई नै लक्ष्य गरेर बम राखिएको र बम विस्फोट भएपछि उनीहरुको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

शनिबार साँझ पख तालिबानीहरुले सो बम विस्फोट गराएका थिए । बम लागेर अफपगानिस्तानको राष्ट्रिय सेना एएनएका दश जना सदस्यको घटनास्थलमै निधन भएको छ भने अरु पनि कैयौँ सैनिक घाइते छन् । हाल अफगानिस्तानको सरकार र तालिबानी समूहका प्रतिनिधिबीच कतारको दोहामा शान्ति स्थापना गर्ने कार्यका लागि वार्ता जारी रहेको छ ।

उता अफगानिस्तानको सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको र यसका लागि सरकारको तर्फबाट सक्दो मात्रामा लचकता अपनाइएका समाचारहरु पनि आइरहेका छन् । तर यता तालिबानीहरुले भने अफगानिस्तानमा हिंसात्मक आक्रमण रोकेका छैनन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board