नोबेल शिक्षण अस्पतालमा उपचारत थप एक कोरोना सङ्क्रमितको मृत्यु

विराटनगर, २६ असोज । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनका नारायण दाहालले जानकारी दिए ।

मृतकलाई स्वास्थ्यमा समस्या भएपछि आइतबार उपचारका लागि अस्पतालमा ल्याइएको थियो । ती पुरुषले केही वर्षदेखि मिर्गौलाको नियमित डाइलोसिस गराउँदै आएका थिए । प्रदेश नं १ मा कोरोना सङ्क्रमितको मृत्युको सङ्ख्या अहिलेसम्म १०३ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board