काठमाडौं, २७ असोज । नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७८ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मंगलबार १ हजार ५०३ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेहरुको संख्या ७८ हजार ७८० पुगेको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भएको छ भने मुलुकभर संख्या ३६ हजार नजिक पुगेको छ । हाल संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८६७ जना रहेको मन्त्रालयले जनाएको छ ।
COMMENTS