देशभर थप ३७४९ जना संक्रमित, १९ जनाको मृत्यु

काठमाडौं, २९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

आज ३५६४ जना संक्रमणमुक्त भएका छन् भने यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ। स्वास्थय मन्त्रालयका अुनसार देशभरमा ३६ हजार ५३३ संक्रिय संक्रमित रहेका छन् ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख २१ हजार ७४५ पुगेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा ८४,५१८ जना सङ्क्रमित निको भइसकेका छन्। यो सङ्क्रमितको कुल सङ्ख्याको ६९.४ प्रतिशत हो। आज फेला परेका सङ्क्रमितमध्ये १,९३५ जना काठमाण्डू उपत्यकाका हुन्।

२४ घण्टामा थप १९ जनाको मृत्यु
बिहीबार कोरोनाले थप १९ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६९४ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

उपत्यकामा थप १,९३५ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १,९३५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५ जना, भक्तपुरमा १ सय ३४ जना र ललितपुरमा १ सय ८ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा १ हजार ९ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board