रौतहटमा एक दम्पतीमाथि साङ्घातिक आक्रमण

रौतहट, २ कात्तिक । मौलापुर नगरपालिका वडा नं ५ पतौरा गाउँका ३५ वर्षीय हरेन्द्र साह र उनकी श्रीमती शिला देवीमाथि धारिलो हतियारले साङ्घातिक आक्रमण भएको छ । धारिलो हतियारको आक्रमणले हरेन्द्रको दाहिने कानका छेउमा र पत्नीको दाहिने पाखुरामा गम्भीर घाउ लागेको छ ।

उनीहरुलाई गम्भीरावस्थामा तत्कालै उपचारका लागि गए राति एम्बुलेन्सबाट एलएस न्युरो अस्पताल वीरगञ्ज पठाइएको छ । रातभरिको उपचारपछि दुवैको अवस्था सुधार हुँदै गएको जिल्ला प्रहरी प्रवक्ता भरत श्रेष्ठले जानकारी दिए । राति १ बजे साह दम्पती सुतिरहेका अवस्थामा अज्ञात मानिसले दुवैमाथि धारिलो हतियारले आक्रमण गरेको थियो ।

आक्रमणको ठोस कारण खुल्न नसके पनि घटनास्थलको प्रकृतिअनुसार साहका घरमा चोरी गर्ने उद्देश्यले चोर आएको र जाग्राम भएपछि आफू बच्नलाई दम्पतीमाथि आक्रमण गरेर भागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रनाउ श्रेष्ठले घरमा चोर देखेर शिलादेवीले होहल्ला गर्दा उनमाथि पहिले र हरेन्द्र उठ्दा उनीमाथि पछि आक्रमण भएको बताउँदै घटनामा संलग्नको खोजी तथा अनुसन्धान भइरहेको जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board